पछिल्लो २४ घण्टामा २६०७ जनालाई कोरोना पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ३ असार
पछिल्लो २४ घण्टामा देशभर २ हजार ६०७ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १२ हजार ४८४ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ६०४ जनामा कोराना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ७ हजार ७७१ जनाको पिसिआर र ४ हजार ७७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ७६८ जना र एन्टीजेटमार्फत ८३९ जना संक्रमित पुष्टि भएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर ३९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ५९७ जना संक्रमितको मृत्यु भएको छ।

२४ घण्टामा देशभर २ हजार १४१ जना संक्रमित निको भएका छन्।   नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ६ प्रतिशत रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४५ हजार ६६२ जना संक्रमित निको भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *