आइसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्ट बनाउन ३५ अस्पताललाई २ अर्ब ९३ करोड (कुन अस्पताललाई कति?)

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ९ जेठ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालहरुमा २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बिनियोजन गरेको जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको पत्रकार सम्मेलन मार्फत विभिन्न अस्पतालमा आइसीयू, भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा ट्यांक थप गर्न बजेट छुट्याइएको जानकारी दिए।

उनका अनुसार ३६० आइसीयू, १८० भेन्टिलेटर, १९ अक्सिजन प्लान्ट र २६ वटा अक्सिजन ट्यांकका लागि देशभरका ३५ अस्पतालमा २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बिनियोजन गरिएको छ।

कुन अस्पताललाई कति रकम?
डा गौतमका अनुसार कोशी अस्पताल बिराटनगरमा ६ करोड ८० लाख,  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ करोड ८० लाख, गजेन्द्र नारायणसिंह अस्पतालमा ३ करोड ८० लाख,  नारायणी अस्पताल विरगञ्जमा  ९  करोड ८० लाख,  भरतपुर अस्पतालमा ९ करोड ८० लाख, प्रसूती तथा स्त्री रोग अस्पताल थापाथलीमा ६ करोड ८० लाख, धुलिखेल अस्पतालमा ६ करोड ८० लाख, वीर अस्पतालमा  ३० करोड ८० लाख, गंगालाल अस्पतालमा ८० लाख, राष्ट्रिय ट्रमा सेन्टरमा ९ करोड, मनमोहन कार्डियोभाष्कुरल तथा थोरासिक सेन्टरमा ८० लाख रुपैयाँ बिनियोजन गरिएको छ।

यस्तै, नेपाल प्रहरी अस्पतालमा ९ करोड ८० लाख, सशस्त्र प्रहरी अस्पतालमा ९ करोड ८० लाख, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३ करोड, वीरेन्द्र अस्पताल छाउनीमा ९ करोड, निजामती कर्मचारी अस्पतालमा ६  करोड ८० लाख, कान्ति बाल अस्पतालमा ६ करोड ८० लाख, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ करोड ८० लाख, त्रिवि शिक्षण अस्पतालमा १२ करोड, चितवनको भरतपुर अस्पतालमा ८० लाख, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ करोड ८० लाख, जीपी कोइराला श्वासप्रश्वास अस्पतालमा ९  करोड रकम बिनियोजन गरेको डा गौतमले जानकारी दिए।

यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ करोड, भेरी अस्पतालमा १५ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८० लाख, डडेल्धुरा अस्पतालमा ६ करोड ८० लाख, मेची अस्पतालमा ९ करोड, प्रादेशिक अस्पताल जनकपुरमा ९ करोड ८० लाख, भक्तपुर अस्पतालमा ३ करोड ८० लाख, बागलुङ अस्पतालमा ३ करोड, भिम अस्पताल भैरहवामा ३ करोड ८० लाख, लुम्बिनी प्रादेशिक अस्पतालमा ९ करोड ८० लाख, सुर्खेत प्रादेशिक अस्पतालमा १२ करोड ८० लाख, सेती प्रादेशिक अस्पतालमा ६ करोड ८० लाख र महाकाली अस्पताल कञ्चनपुरमा ९ करोड ८० लाख बिनियोजन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *