सेयर कारोबारको पूँजीगत लाभकरलाई नै अन्तिम करको मान्यता आन्तरिक राजस्वलाई अर्थको निर्देशन

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडौं, ७ असार

अर्थ मन्त्रालयले सेयर कारोबारबाट प्राप्त हुने लाभमा लाग्दै आएको पूँजीगत लाभकरलाई अन्तिम करको मान्यता दिन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको छ ।

पूँजीगत लाभकरको विषयमा भएको केही अस्पष्ट विषयलाई थप स्पष्ट पार्दे सेयर कारोबारबाट प्राप्त हुने लाभमा लाग्दै आएको करलाई नै अन्तिम करको मान्य दिन आन्तरिक राजस्व विभागलाई निर्देशन दिइएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए । ‘यो बजेटमै व्यवस्था भएकाले यसलाई थप स्पष्ट पार्ने अधिकार आन्तरिक राजस्व विभागलाई नै छ,’ उनले भने, ‘यद्यपि मन्त्रालयले पनि थप स्पष्ट पारेर सेयर कारोबारमा लाग्दै आएको करलाई अन्तिम करको मान्यता दिन निर्देशन दिईसकेको छ सायद विभागले १/२ दिन सम्बद्ध निकायलाई सर्कुलर जारी गर्ने छ ।’

लामो समयदेखि लगानीकर्ताले सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरलाई नै अन्तिम कर घोषणा गर्न माग गर्दै आएका थिए । पछिल्लो पूँजी बजारमा सिथिलता आएसँगै सरकारले बजेटबाटै सम्बोधन गरेर अर्थमन्त्रालयले पूँजीगत करलाई अन्तिम करको मान्यता दिन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको हो । अर्थ मन्त्रालयबाट सेयर कारोबारमा लाग्दै आएको पूँजीगत करलाई नै अन्तिम करको मान्यता दिने निर्णय भैसकेको र विभागले पनि त्यसलाई थप स्पष्ट पारेर सर्कुलर जारी गर्ने समेत उनले जानकारी दिए ।

केही समय अघि धितोपत्र बोर्डले पनि पूँजी बजार सुधारको लागि सेयर कारोबारको लाभमा लाग्दै आएको पूँजीगत करलाई नै अन्तिम करको मान्यता दिन अर्थमन्त्रालयमा पत्राचार गरेको थियो । यसले बजारमा स्थायित्व ल्याउन सहयोग गर्ने भन्दै बोर्डले सेयर बजार खुल्नु अधिनै उक्त व्यवस्था गर्न अर्थ मन्त्रालय समस्या आग्रह गरेको थियो । यस अघि कर कार्यालयलहरुले पूँजीगत लाभकरलाई अन्तिम करको रुपमा मान्यता नदिएका कारण लगानीकर्ताहरुलाई कर चुक्ताको प्रमाणपत्र निकाल्न समस्या भएको थियो भने यसले थप अन्यौलता सिर्जना गरेको थियो ।

बेलाबेलामा उठ्ने करको विषयले सेयर बजारमा समेत उतारचढाव ल्याउँदै आएको थियो । सेयर बजार बढ्दा नियाकम निकाय वा कर प्रशासनले करको विषय उठाउँदा बजारमा नकारात्मक प्रभाव पर्ने गरेको थियो । तर अब सरकारले नै पूँजीगत करलाई नै अन्तिम करको मान्यता दिएपछि बजारलाई दिगो रुपमा अघि बढाउन थप सहज हुने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *