वैशाखसम्म स्वास्थ्य सेवा विभागको खर्च २७ प्रतिशत मात्रै

विशेष समाचार समाचार स्वास्थ्य
 न्यूज अपडेट संवाददाता
काठमाडाैं, २८ जेठ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागले चालु आर्थिक वर्षको वैशाख मसान्त सम्म २७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ।

चालू आर्थिक वर्षका लागि विनियोजन गरएको कुल ५ अर्ब ५२ करोड ६९ लाख ३६ हजार बजेटमध्ये वैशाख मसान्तसम्म २७ दशमलव ९० प्रतिशत अर्थात एब अर्ब ५४ करोड २० लाख ९१ हजार रुपैया खर्च भएको छ।
जसमा चालू खर्च तर्फ १ अर्ब ५१ करोड ३५ लाख ५३ हजार खर्च भएको छ भने पूजिगत तर्फ २८ करोड ५ लाख ३८ हजार खर्च भएको छ। विभागको तथ्यांक अनुसार चालु तर्फको बजेट २८ प्रतिशत खर्च भएको छ भने पुजिगत तर्फको बजेट ११ प्रतिशत खर्च एको छ।
यो रकम दातृ निकायसमेतको हो। विभागले केही शिर्षकमा सन्तोषजनक खर्च गरेपनि धेरै शिर्षकको बजेट खर्च निराशाजनक छ। विभागको नर्सिं तथा सामाजिक सुरक्षा सेवा कार्यक्रमको बजेट ९८ प्रतिशत खर्च भएको छ भने परिवार कल्याण कार्यक्रममा ५ प्रतिशत मात्रै खर्च भएको छ।

दुई शीर्षकामा खर्च शून्य
विभागमा दुई शीर्षकमा विनियोजन गरेको बजेटको खर्च शून्य रहेको छ। महामारी रोग नियन्त्रण र उपचारात्मक सेवा कार्यक्रममा हालसम्म शून्य खर्च रहेको छ। अन्य शीर्षकहरुमा पनि निकै कम बजेट खर्च भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *