वागीश्वरी मा.वि.मा गुरू पूर्णिमा मनाइयो

विशेष समाचार शिक्षा समाचार

सर्जिना श्रेष्ठ
भक्तपुर, १ साउन


अध्यारोबाट उज्यालोमा पठाउने गुरु नै हुन् । गुरु भनेको जो सुकै पनि हुन सक्छ, जसले राम्रो कुरा र शिक्षा सिकाउँछ । यही वेदव्यास दिवसको सम्झनामा मनाइने गुरुपूर्णिमा विश्वभरी नै मनाइन्छ । भक्तपुरको च्याम्हासिंहस्थित वागीश्वरी मा.वि.मा पनि गुरुपूर्णिमा कार्यक्रम आयोजना गरिएको छ । यसमा कक्षा ११ र १२ का सम्पूर्ण विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा करीब १५ जना गुरु गुरुआमाहरु उपस्थित भएका छन् । कक्षा ११ द्वारा आयोजना गरिएको यस कार्यक्रममा विद्यार्थीले सम्पूर्ण गुरुगुरुआमालाई खाडा टिका लगाइ सम्मान एवं मायास्वरुप लड्डु र कलम प्रदान गरेका थिए । सो कार्यक्रममा गुरु ग्याहेन्द्र प्रसाद दाहालले पहिलो गुरु भनेको बुबा आमा हो, गुरुपूर्णिमाका दिनमात्र गुरुलाई सम्मान गर्ने नभइ सदा उहाँहरुको आदर गर्नुपर्ने बताए ।


त्यस्तै वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले राम्रो व्यक्ति बन्नुहोला भनी विद्यार्थीलाई उत्प्रेरणा दिए ।
यस्तै विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले विद्यार्थीमा हुनुपर्ने राम्रा गुणबारे बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, रोजन तामाङलगायतले गुरुपूर्णिमाका महत्वबारे स्पष्ट पारेका थिए ।
उक्त कार्यक्रममा विद्यार्थीले गुरुगुरुआमालाई रमाइलो गराउँदै विविध गीत पनि प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *