गत २४ घण्टामा १ सय ७६ जना डिस्चार्ज, निको हुनेको संख्या १५७८ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ असार

गत २४ घण्टामा १ सय ७६ जना संक्रमित उपचारपछि कोरोना मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन्।

१८ महिला र १ सय ५८ पुरुष गरी १ सय ७६ जना निको भइ घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा निको हुनेको संख्या १ हजार ५ सय ७८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। जसमध्ये १ सय ४१ महिला र १ हजार ४ सय ३७ पुरुष छन्।

सिरहा अस्पताल सिरहाबाट २६ पुरुष, आइसोलेसने सेन्टर जानकी बाँकेबाट ४१ पुरुष, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ महिला र १० पुरुष गरी १३ जना डिस्चार्ज भएका छन्।

गत २४ घण्टामा डिस्चार्ज हुनेमा कोशी अस्पतालबाट मोरङका १ महिला र १ पुरुष, खोटाङका ३ पुरुष, सुनसरीका २ महिला र १ पुरुष, उदयपुरका १ महिला र १ पुरुष गरी ११ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट सल्यानका ११ पुरुष र सुर्खेतका १३ पुरुष गरी २४ जना, कोभिड १९ विशेष अस्पताल दाङबाट २ महिला र ३ पुरुष गरी ५ जना छन्।

यस्तै, डडेल्धुरा अस्पतालबाट १ महिला र १ पुरुष गरी २ जना, अछाम जिल्ल अस्पतालबाट १ महिला र ४ पुरुष गरी ५ जना, दार्चुला अस्पतालबाट २ पुरुष, मनहरी आइसोलेसन मकवानपुरबाट १ महिला र ५ पुरुष गरी ६ जना, प्रादेशिक अस्पताल धनगढीबाट ८ पुरुष डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

टिकापुर अस्पताल कैलालीबाट १ महिला र ३ पुरुष गरी ४ जना, नेपालगञ्ज मेडिकल कलेजबाट कैलालीका १ महिला, डोटी अस्पतालबाट २ महिला र ७ पुरुष गरी ९ जना, महाकाली अस्पताल कञ्चनपुरबाट ६ पुरुष, कैलालीका १ महिला र ७ पुरुष गरी १४ जना र भरतपुर अस्पताल चितवनबाट ३ पुरुष, नवलपरासी पूर्वका १ महिला, २ पुरुष गरी ६ जना सहित कुल १ सय ७६ जना डिस्चार्ज भएका छन्।

यसअघि शुक्रबार २ सय १६ जना उपचारपछि डिस्चार्ज भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *