एनएलजी इन्स्योरेन्सले सरकारलाई बुझायो ६ करोड ५१ लाख कर

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ६ असार

Image Not Found

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारलाई रू. ६ करोड ५१ लाख २५ हजार २८१ कर बुझएको छ ।

इन्स्योरेन्सले स्वेच्छिक रूपमा सरकारलाई भ्याट, अनुमानित करको दोस्रो किस्ता र अग्रिम कर कट्टी बापतको कर बुझाएको हो ।

कम्पनीले फागुन र चैतको मूल्य अभिवृद्धि कर बापत रू. ३ करोड १९ लाख, अनुमानित करको दोस्रो किस्ता रू. ३ करोड र अग्रिम कर कट्टी बापत रू. ३२ लाख २३ हजार १ कर भुक्तानी गरेको हो ।

सर्वोच्च अदालतले लकडाउन समाप्त भएको एक महीनापछि मात्र करदातासँग कर लिन सरकारलाई आदेश दिएको र करदाताले अदालतको आदेशका आधारमा कर तिर्ने कार्यलाई पछि धकल्दै लगेको परिवेशमा एनएलजीले महामारीको बेलामा सरकारलाई तोकेको समयभन्दा अघि नै कर तिरेर सहयोग गरेको बताएको छ ।

सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेपछि करदातालाई कर तिर्न विभिन्न चरणमा मिति सार्दै आएको थियो । गत जेठ २१ गतेको मन्त्रिपरिषद्को बैठकले मूल्य अभिवृद्धि कर लगायतका विभिन्न शीर्षकका कर तिर्न असार ७ गतेसम्म समय दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *