ग्रामीण बस्तीमा पनि खोपानी परिक्षण

समाचार स्वास्थ्य

दैलेख,५ असार


मान्छेलाई विभिन्न रोग व्याधिले च्याप्नु भनेकै हाम्रो वातावरण, खानेपानी , खानेकुराको निश्चत समय विपरीत भएको कारणले नै हो । खानेपानीका मुहान सफा राख्नु सबैको दायित्व हो । खानेपानीबाट लाग्ने अधिकाँश रोगलाई न्युनिकरण गर्नु भनेको नै पानी परिक्षण गरेर खानु हो । शहरतिर बसोम्बास गर्ने नागरकले परिक्षण गरेर खानेपानी प्रयोग गरेको पाईन्छ तर ग्रामीण बस्तीमा यस्को प्रभाव खासै पर्न सकिरहेको छैन । तर दैलेखको नौमुले गाउँपालिकाले महिनैपिच्छे पानी परिक्षण गर्ने गरेको छ ।
गाउँपालिकाले भ्रखरै मात्र करोडौँ लगानीमा खानेपानी योजना निर्माण भएसँगै पालिकाका ५ वटा ठुला खानेपानी योजनाहरुमा परिक्षण गर्ने गरेको छ । रोग र दुर्बलताबाट मुक्त हुन अनि सफा स्वस्थ पानी नागरिकसम्म पुर्याउँ’ भन्ने उदेश्यकासाथ वैशाख र जेठ महिनामा ५ वटा योजनाबाट पानीको नमुना ल्याएर परिक्षण गरिएको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेका ल्याव टेक्नोसियन टिका कुमारी थापाले बताईन् ।
गाउँपालिका स्थित स्वास्थ्य केन्द्र नौमुलेमा हेल्भेटास सहयोगमा पानी परिक्षणका लागि ल्यावको समेत स्थापना गरिएको छ । स्वास्थ्य केन्द्रमै काम गर्ने दुईजना कर्मचारीलाई तालिम दिई पानी परिक्षण गर्न खटाईएको छ । ग्रामीण जलश्रोत ब्यवस्थापन परियोजना र नौमुले गाउँपालिकाले स्वस्थ र शुद्ध पानी उपभोक्तामाँझ पुर्याउनका लागि पानी परिक्षण गर्न ल्याव स्थापना गरेका हुन् ।
पानीको गुणस्तर परिक्षण ल्यावबाट गराईने गाउँपालिका अध्यक्ष भदे बुढामगरले बताए । खोपानी तथा सरसफाई योजनाको सुरुवाती चरणमा ५ वटा योजनाको पानी परिक्षण गरिएको गाउँपालिको हो ,उनले भने । पानीको धमिलोपना के–कस्तो छ चेक गर्ने ? क्यामिकलजन्य पदार्थको मात्रा , दिशाजन्य पदार्थ छ की छैन् र पानीमा कोलोरिनको मात्रा कति छ ? भनेर मासिक योजनाहरुबाट नमुनाका रुपमा ल्याईएको पानी ल्यावमा २४ घण्टाभित्र परिक्षण गरिने गाउँपालिका जलश्रोत अधिकृत लोकबहादुर वोगटीले बताए ।‘पानीबाटनै अधिकाँश नागरिकले विभिन्न खाले रोगको सिकार बन्न बाध्य भएका छन् । सफा पानी प्रयोग गर्दा शारिरीक रुपमा स्वस्थ जीवन जीउन सकिन्छ ,वोगटीले भने । जसका लागि मासिक रुपमा पानी परिक्षण गरेका छौं । अगामी वर्षबाट गाउँपालिका सान–ठुला गरि सबेै खाले योजनामा पानी परिक्षण गरिने छ ।’
ल्यावमा पानी परिक्षण गरिसकेपछि आवश्यक अनुसार स्वास्थ पानीका लागि उपचार विधि समेत अपनाईन्छ । पहिलेका पालामा मुलको पानी खाँदा त्यति पानी परिक्षण आवाश्यक थिएन अहिले सहजताका लागि धारा निर्माण भए ,धारा सँगै पानी परिक्षण हुनु भनेको खुःसीको कुराहो स्थानीय गोपाल थापाले भने । ‘आफुहरुले खाईरहेको पानी मासिक रुपमा खान योग्य छ की छैन् भनेर चेकजाँच हुन थालेपछि ढुक्कसँग खाईरहेको छौँ । ‘पानीबाट लाग्ने रोगबाट सजिलै बच्न सकिने भएकाले यस्तो कार्यमा अग्रसर भएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *