कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ४ करोड ११ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ कात्तिक

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड ११ लाख नाघेको छ।  बिहीबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड ११ लाख  १८ हजार ६४ जना  संक्रमित भएको तथ्यांक रहेको छ।

अमेरिकामा संक्रमितको संख्या ८३ लाख ३० हजार ४ सय ८४ पुगेको छ। त्यस्तै भारतमा ७६ लाख ५१ हजार १ सय ७, ब्राजिलमा ५२ लाख ७३ हजार ९ सय ५४ र रुसमा १४ लाख ३८ हजार २ सय १९ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ लाख २९ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार ११ लाख २९ हजार ७ सय १० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा २ लाख २१ हजार ९ सय ९०,  ब्राजिलमा १ लाख ५४ हजार ८ सय ३७, मेक्सीकोमा  ८७ हजार ४ सय १५, बेलायतमा ४४ हजार २ सय ४८, इटालीमा ३६ हजार ८ सय ३२ जनाको मृत्यु भएको छ।

विश्वभर दुई करोड ८० लाख ३९ हजार ७ सय ५५ जना संक्रमणमुक्त भएका छन्।

बिहिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४५ लाख २६ हजार ३ सय ९३, अमेरिकामा ३३ लाख २३ हजार ३ सय ५४, रुसमा १० लाख  ९१ हजार २ सय ६४ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि एक लाख ४४ हजार ८ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ९९ हजार ६ सय ५ जना संक्रमणमुक्त भएका छन् भने ७ सय ६५ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ७६ लाख ५१ हजार १ सय ७ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख १५ हजार ९ सय १४ पुगेको छ। भारतमा हालसम्म ६७ लाख ९५ हजार १ सय ३ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ३ लाख २४ हजार ७ सय ४४ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ६ सय ९२ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ८ हजार ६ सय ७४जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ९३ हजार १ सय ३१ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ७ सय २३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  ३ लाख ८ हजार ८ सय ४५ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ४० हजार ५ सय १० पुगेको छ। अफगानिस्तानमा १ हजार ५ सय १ जनाको मृत्यु भइसकेको छ भने ३३ हजार ८ सय २४ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या ११ हजार ३ सय १६ जना रहेको छ। मृत्यु हुनेको संख्या ३७ छ भने उपचारपछि निको हुनेको संख्या १० हजार २ सय ८४ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ५ हजार ९ सय ७७ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार ५ सय १ रहेको छ।

भुटानमा संक्रमितको संख्या ३३१ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३०२ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *