काठमाडौं प्लाजा खाली गर्न निर्देशन

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ५ असार

सम्झौताको समय सकिए पछि काठमाडौं प्लाजा खाली गर्न नेपाल ट्रष्टको कार्यालयले निर्देशन दिएको छ । नेपाल ट्रष्टको कार्यालय र कन्सेप्ट डेभलपरबीच भएको सम्झौता यही असार २ गते सकिएकाले सो भवन पूर्णरुपमा खाली गर्न ट्रष्टले निर्देशन दिएको हो ।

२०६६ पुस २३ गते यी दुई पक्षबीच अद्यावधिक सम्झौता भएको थियो । यसअघि पहिलो पटक २०५० असार ३ गते २७ वर्षका लागि करारनामा गरिएको थियो । सोही असार २ गते करारनामा भएको २७ वर्ष पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *