गृह मन्त्रालयको सिस्टम ह्याक

विज्ञान/प्रविधि विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ५ असार

गृह मन्त्रालयको सर्ट भ्यासेज सर्भिस (एसएमएस) सिस्टम ह्याक भएको छ । नागरिकलाई गलत सूचना सम्प्रेषण भएपछि सिस्टम ह्याक गरिएको विषय बाहिर आएको हो ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले एक विज्ञप्ति जारी गर्दै त्यस्तो गलत तथा भ्रामक सूचना मन्त्रालयले जारी नगरेको स्पष्ट पारेका छन् । घटनालाई गम्भीर रुपमा लिएर छानविन अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

बुधबार गृहमन्त्रालयको सिस्टमबाट भारत र चीनबीच जारी सीमा विवादको विषयमा एसएमएस गएको थियो । भारतको पक्षमा रहेको उक्त एसएमएस मन्त्रालयका कर्मचारीलाई मात्र गएको हो वा अन्य सर्वसाधारणमा समेत प्रवाह भएको हो भन्नेमा अझै स्पष्ट भइसकेको छैन ।

यस विषयमा नेपाल प्रहरीको साइबर अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *