भयमुक्त पत्रकारितालाई आत्मसात गर्न राष्ट्रपतिको आह्वान

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

भयमुक्त पत्रकारितालाई आत्मसात गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सबै सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले यस्तो आह्वान गरेकी हुन् ।

‘यस दिवसले भय र पक्षधरतामुक्त पत्रकारितालाई आत्मसात गर्दै प्रेस जगतलाई मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाहद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा संकल्प पूरा गर्न प्रेरणा दिनेछ भन्ने आशा गरेको छु,’ राष्ट्रपति भण्डारीले आइतबार एक ट्विट गर्दै भनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *