निजी प्रयोगशालालाई पीसीआर परीक्षण अनुमति, ५५०० शुल्क तोकियो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, १ असार

हाल सरकारले संकलन गरेका नमूना मात्र परीक्षण हुने, खर्च मन्त्रालयले व्यहोर्ने

सरकारले निजी प्रयोगशालामा समेत पीसीआर परीक्षण गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न अनुमति  दिएको हो।

निजी प्रयोगशालाले सरकारले संकलन गरेका स्वाबका नमूना मात्र परीक्षण गर्न पाउनेछन्। हाललाई निजीका लागि ५ हजार ५ सय शुल्क निर्धारण गरिएको मन्त्रालय जनाएको छ।

मन्त्रालयले अहिले निजी प्रयोगशालामा सरकारले हाल संकलन गरेका नमूना परीक्षणका लागि दिने छ। उक्त परीक्षण गरे बापतको रकम सरकारले निजी प्रयोगशालालाई उपलब्ध गराउने छ।

त्यसका लागि प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रमाणित गरेको हुनुपर्ने बताइएको छ।

मन्त्रालयको नियमित बिफ्रीङमा प्रवक्ता डा जागेश्वर गौतमले पाटन, वीर र त्रिवि शिक्षण अस्पतालमा भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पीसीआर परीक्षण गराउने व्यवस्था गरिएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *