सबै सरकारी कार्यलय आजदेखि खुल्ने, सार्वजनिक यातायात सञ्चालनको गृहकार्य हुँदै

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडौं, १ असार

आजदेखि लकडाउनबाट लुजडाउन शुरु भएको छ । कोरोना भाइरसको रोकथामका लागि अपनाइएको लकडाउन खुकुलो बनाउँदै लाने योजना अनुसार आजदेखि सबै सरकारी कार्यालय खुल्नेछन् ।

भीडभाड कम गर्ने गरी रोकथामका उपायसहित सरकारी कार्यालय खुल्न थालेका हुन् । कार्यालय शुरुमा २ बजेसम्म खोलिने भएको छ । त्यसपछि दुई सिफ्ट गरी ८ देखि २ र २ देखि ६ बजेसम्म खोलिने योजना बनाइएको छ ।

निजी क्षेत्रका उद्दोग, व्यवसाय तथा कार्यालय पनि सुचारु हुने भएका छन् । निर्माणका कामहरु सञ्चालनमा आइसकेका छन् ।

सार्वजनिक यातायात पनि खोल्ने तयारी भएको छ । ट्याक्सी सञ्चालनमा आइसकेको छ । निजी सवारी सञ्चालनको अनुमति दिइएको छ । यसमा भने जोर बिजोर प्रणाली लागू गरिएको छ ।

काठमाडौं उपत्यकाभित्र आउन र बाहिर जान विशेष व्यवस्था गरिएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयले हिजो सूचना जारी गरिसकेका छन् । त्यसका लागि कागजातसहित निवेदन दिनुपर्नेछ ।

शैक्षिक संस्था भने भदौमा मात्र खोल्ने तयारी भएको छ । विद्यालय र कलेज भदौमा मात्र सञ्चालन हुने भएपछि विकल्पका रुपमा दुर शिक्षा शुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *