दैलेख र सुर्खेतमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, ३२ जेठ

थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमित कर्णाली प्रदेशमा पुष्टि भएको हो।

कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाद्वारा आइतबार १:४५ बजे जारी सूचना अनुसार सो  प्रदेशमा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमित दैलेख र सुर्खेतका हुन्। दैलेखका ३७ र सुर्खेतका १५ जनामा संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमितमा एक जना महिला  हुन् भने बाँकी पुरुष हुन्।

योसँगै कर्णाली प्रदेशमा संक्रमण पुष्टि हुनेको संख्या ९ सय ६७ पुगेको छ। नेपालभर भने ५ हजार ४ सय ५३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *