लक्षण नभएका संक्रमितलाई १४ दिन बढी अस्पतालमा राखे स्वास्थ्य मन्त्रालयले खर्च नब्यहोर्ने

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १० भदाै

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले कोभिड-१९ भई भर्ना भएका लक्षण नभएका संक्रमितलाई १४ दिनभन्दा बढी अस्पताल राखे सोधभर्ना नगर्ने जनाएको छ।

मन्त्रालयले सबै कोभिड अस्पतालहरुलाई  संक्रमितलाई १० दिनमा पिसिआर परीक्षण गरि डिस्चार्ज गर्न निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयले भदौ ८ गते यस्तो निर्देशन सहितको पत्राचार गरेको छ।

मन्त्रालयको हेल्थ इमरजेन्सी अपरेसन सेन्टरले लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितको १० दिनमा रियल टाइम पिसिआर गर्दा पोजिटिभ आएमा १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन दिएको हो।

मन्त्रालयले लक्षण नदेखिएका र सामान्य  संक्रमितलाई १४ दिनभन्दा बढी अस्पतालमा भर्ना गरी राखेमा त्यसको सोधभर्ना नगर्ने समेत ध्यानाकर्षण गराएको छ।

मन्त्रालयले यही सुचना भदौ ८ गते सातै प्रदेशका सामाजिक मन्त्रालयहरु पनि पत्रचार गर्दै मताहतका सबै अस्पतालहरुलाई समेत जानकारी गराउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *