प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

राजनीति विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडौं, २८ जेठ

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) संसदमा सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

लकडाउनको नयाँ मोडालिटी बारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । लकडाउन बारे थप छलफल र निर्णयको लागि आजै मन्त्रीपरिषद बैठक समेत बस्दै छ ।

आजको मन्त्रीपरिषद बैठकले लकडाउनको नयाँ मोडालिटी कस्तो बनाउने भन्ने निर्णय गर्ने छ । बैठक अपरान्ह २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

सरकारले कोरोना भाइरस संक्रमण तथा नियन्त्रणको लागि भन्दै निरन्तर लकडाउन मात्रै गरेको भन्दै व्यवसायी तथा आम नागरिकले लकडाउनको व्यापक उल्लंघन गरेसँगै लकडाउन खोल्न सरकारलाई चर्को दबाब छ भने अर्कोतिर कोरोना संक्रमितको संख्यामा भएको निरन्तर वृद्धिले सरकारलाई अलमलमा पारेको छ ।

लकडाउनको मोडालिटी तय गर्न भन्दै सिसिएमसी, उच्चस्तरीय समिति र प्रधानमन्त्री ओलीले समेत विज्ञहरुसँग लगातार छलफल गरिरहेका कारण चरणबद्ध रूपमा लकडाउन खुकुलो बनाउने सरकारको तयारी र नागरिक कर्तव्यको बिषयमा समेत प्रधानमन्त्री ओलीको सम्बोधन केन्द्रित हुने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *