दुर्घटनामा एकको मृत्यु

समाचार

भक्तपुर, ३ असोज


मध्यपुर ठिमी नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्गमा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा७०प १६६५ नंको मोटरसाइकलले बाटो काट्दै गरेको मध्यपुरठिमी चारदोबाटो बस्ने ८० वर्षीय जोगभक्त श्रेष्ठलाई ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले घाइते श्रेष्ठको मध्यपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जानकारी दिएका छन् ।

प्रहरीले मोटरसाइकल र चालक भारत विहार घर भई हाल सूर्यविनायक नगरपालिका बालकोट बस्ने ३० वषीय शम्लेशकुमार सिंहलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *