जेठ २८ गते बुधबारको राशिफल

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, २८ जेठ

श्री शाके १९४२ बि.स.२०७७ साल ज्येष्ठ २८ गते बुधबार इश्वी सन २०२० जुन १० तारीख आषाढ कृष्णपक्ष पञ्चमी तिथी श्रवण नक्षत्र ऐन्द्र योग कौलव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा छत्र योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्न सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानी हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिन हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा): संकट ब्यबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबी हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पुर्‍याउनु होला । समस्या तथा चुनौतीहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामग्रीको प्रयोग गर्दा वा सवारी साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथीभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो): विभिन्न अवसरहरुको सही तरीकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरी आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथीको सहयोगले एक किसिमको उत्साह जगाउनेछ । सुन्दर तथा बिलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे): आम्दानी भन्दा खर्च कम हुँने हुँदा आर्थिक क्षेत्र बलियो हुनेछ । पुराना समस्या आफै हल भएर जानेछ भने ऋण रोगबाट छुटकरा पाईनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसी राख्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आफन्त तथा मावली पक्षबाट सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलीको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । प्रेम प्रशंग रमाईलो गर्दै समय ब्यतित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते): राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारी साधनको व्यवसायबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउनेछ । बिद्यार्थीहरुले पढाई लेखाईमा ध्यान नदिँदा अरुभन्दा पछि परिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू): दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गर्नु भएको काममा उच्च मूल्याङकन हुनेछ । व्यापार व्यवसायमा लगानी बढाउँदा भनेजस्तो आम्दानी हुनेछ भने आर्थिक स्थिति मजबूत हुने हुँदा आवश्यक्ताहरु परिपुर्ति गर्न सकिनेछ । अदालत तथा न्यायिक निकायबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा रमाउने चाहने जोडिहरुका लागि समयले साथ दिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): आफन्त तथा घर परिवारका मानिसबाट सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउन चाहनेहरुलाई समयले साथ दिनेछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँने हुनाले थप हौसला बढ्नेछ । बोलीको प्रभाव बढ्ने तथा कर्म क्षेत्रमा तपाईको कामको उच्च मूल्याङकन हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा आथित्यको रुपमा सत्कार पाईने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): पुराना साथी भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राविधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । पढाई लेखाईमा प्रतिस्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा): माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा नीति नियमको उल्लङघन गर्दा जरीवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाँझिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानीबाट आम्दानी हुन थाल्नेछ भने नया ठाउमा लागनी गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने तथा बित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *