नेपालमा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या २९१२

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २३ जेठ

नेपालमा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २६७ जना पुरुष र ११ जना महिलामा संक्रमण देखिएको हो।

आज थपिएका २७८ सहित नेपालमा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए।

नेपालमा हालसम्म ३३३ जना उपचारपछि निको भएका छन्। पछिल्ललो २४ घण्टामा ४३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्। हालसम्म मृत्यु हुनेकेा संख्या ११ पुगेकेा छ ।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६८ जिल्लामा संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *