नगर प्रमुख प्रजापतिसँग केयुकेएलका प्रमुख शाक्यको भेट

विशेष समाचार समाचार

भक्तपुर, १० जेठ


अबको २–३ दिनभित्रै मेलम्चीको पानी भक्तपुरमा वितरण हुने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलनकुमार शाक्यले सोमबार भेट गर्दै मेलम्चीको पानी अबको २–३ दिनभित्रै वितरण गरिने गराए ।
भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुरमा पानीको सहज वितरणलाई प्राथमिकतामा राख्दै आएको बताउदै खानेपानीको समस्या समाधान छिटै गर्नु आवश्यक भएको बताए । उनले खानेपानीको समस्या हाल भक्तपुरको महत्वपूर्ण समस्याको रुपमा रहेको बताउदै जनतालाई छिटोभन्दा छिटो सहज तरिकाले मेलम्चीको पानी वितरणमा जोड दिनुपर्छ भने ।


भेटमा केयुकेएलका प्रमुख मिलनकुमार शाक्यले जनप्रतिनिधिहरूले खानेपानी व्यवस्थापनमा चासो लिएकोप्रति धन्यवाद दिन्दै अबको २–३ दिनभित्रै कटुञ्जे पानी ट्याड्ढीबाट मेलम्चीको पानी भक्तपुरमा वितरण हुने तयारी भइरहेको बताए । उनले पानीको स्रोत बढाउने प्रत्यत्न पनि भइरहेको र सुन्दरीजलमा थप १० करोड लिटर थप्ने योजना अघि बढाइरहेको बताए ।
उनले महादेव खोलामा बाँध बाँधेर भक्तपुरमा पानी वितरण गर्ने योजनालाई अघि बढाउने पहल भइरहेको बताउदै प्रमुख शाक्यले भक्तपुरबासीलाई सहज पानी उपलब्ध गराउन केयुकेएलले निरन्तर प्रयास जारी राखेको बताए ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, केयुकेएल भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठ, ई. चेतबहादुर ऐरलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *