स्व. कलाकार बीएस राणाको परिवारलाई उपचारका लागि १ लाख सहयोग

समाचार

न्यूज अपडेट संवादाता

काठमाडाैं, ९ चैत्र

स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगका लागि चलचित्रकर्मी कल्याणकारी कोषबाट रु एक लाख सहयोग गरिएको छ।

चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल ललितपुरस्थित स्नेही काख नामक संस्थामा पुगेर सहयोग गरेको हो।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक वशुन्धरा भुषालले हस्तान्तरण गरिन्।

सहयोग हस्तान्तरणको समयमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, कलाकार संघकी उपाध्यक्ष कविता गेलाल, संघकै सहकोषाध्यक्ष पवित्रा आचार्य लगायतका कलाकार उपस्थित थिए।

गत फागुन १५ गते राणाकी पत्नी र छोरीलाई काठमाडौँको गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। स्नेही काखले उद्धार गरेर अस्पताल भर्ना गरेको थियो।

विसं २०४१ सालमा बनेको चलचित्र ‘अन्याय’बाट नेपाली चलचित्रको अभिनयमा आएका राणाले सय भन्दा बढी चलचित्रमा अभिनय गरेका छन्।

वसन्ती, बलिदान,दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो
मेरो मन, दासढुंगा, दाग लगायतका चलचित्रहरूमा उनले अभिनय गरेका छन्।

राणाको ०७५ माघ १८ गते ७८ वर्षको उमेरमा निधन भएको थियो। उनको निधनपछि श्रीमती हनी र कान्छी छोरी आरतीमा मानसिक समस्या देखिएको थियो। जेठी छोरी नन्दनी पनि बिरामी परेकी थिइन्। राणाका छोराको भने १३ वर्षको उमेरमा नै निधन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *