जेठ १९ गते सोमबारको राशिफल

कला/साहित्य समाचार
न्यूज अपडेट
भक्तपुर, १९ जेठ

वि.सं.२०७७ साल जेठ १९ गते । सोमबार । ईश्वी सन् २०२० जुन ०१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि– दशमी,१८ घडी ०५ पला,दिउसो १२ बजेर २४ मिनेट उप्रान्त एकादशी । नक्षत्र– हस्त,४५ घडी ०६ पला,बेलुकी,११ बजेर १३ मिनेट उप्रान्त चित्रा । योग– सिद्ध्रि,१६ घडी २४ पला,बिहान ११ बजेर ४४ मिनेट उप्रान्त व्यातिपात । करण–गर,दिउसो १२ बजेर २४ मिनेट उप्रान्त वणिज,बेलुकी २३ बजेर १० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५३ मिनेट । दिनमान ३४ घडी १८ पला । गंगा दशहरा। रामेश्वर गंगापूजा। वज्रगुरु पद्मसम्भव जयन्ती । गोसाइँकुण्ड स्नान समाप्ति। हत्यामोचन तीर्थस्नान। रिडी, रुरुक्षेत्रमा हृषीकेशोत्सव। बाजुरास्थित बेहडाबाबामा जलार्पण।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ): पढाई लेखाईमा चासो बढ्नेछ भने प्राबिधिक शिक्षामा सफलता हात लाग्नेछ । समाजमा सानो काम गरि नाम कमाउन सकिनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । स्वास्थ्य सबल रहने हुनाले राम्रा तथा उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिनेछ । तरपनि यात्रा भरसक नगर्नुहोला । सरसफाईमा ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा): तत्कालको लागी समय मध्ययम भएपनि पछिको लागि शक्ति सञ्चय गर्न सकिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि हुनेछैन । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा समय खर्चियपनि नतिजा आफ्नो पक्षमा नआउँन सक्छ ध्यान दिनुहोला । आफन्त,अग्रज तथा आमासँग मनमुटाव हुँदा मन खिन्न हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो): प्रेममा नजिक हुने तथा जीवन साथिको सहयोगले उत्तम काम गर्न सकिनेछ । समस्या समाधानका लागि चालिएका कदमबाट परिणाममुखि नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउने हुनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् भने सामाजिक कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): प्रतिस्पर्धीहरू तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुवर्गहरु खुसि भई तपाईको प्रशंसा गर्नेछन् । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते): माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजन सँग राय बाजिनेछ । आर्थिक अभावमा बिभिन्न अवसरहरु गुम्नेछन् भने व्यापार व्यावसायमा समय लगानि गरेपनि आम्दानि कमनै हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू): दाजुभाईको सहयोगले राम्रा तथा परिणाममुखि कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउँदै सबैको मन आफुतिर आकर्शित गर्न सकिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापार तथा उत्पादनमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): सिर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा): खानपिनमा ध्यान नदिदा स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । अरुतिरै ध्यान जादा वा अध्ययन अध्यापनमा समय दिन नसक्दा प्रतिष्पर्धिहरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकेमात्र दिन रमाईलो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । सानो गल्ति गर्नाले ठुलो घाटा सहनु पर्नेछ भने नियम संगत काम नगर्दा दण्ड तिुर्नपर्ने हुन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): अन्य क्षेत्रमा ध्यान जादा पढाई लेखाईमा अरुभन्दा पछि परिन सकिन्छ । उपलब्धि न्यून हुँने तथा खर्च बढ्ने हुँदा मन खिन्न हुनेछ । भौतिक साधन तथा धन सम्पति हात लाग्ने भएपनि सहिरुपमा प्रयोग गर्न नजान्दा दुर्घटना हुँन सक्छ ध्यान दिनुहोला । पारिवारिक माहोलमा दिन बित्ने तथा स्वादिष्ट भोजन खाने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँन सक्छ ख्याल गर्नुहोला ।

तपाईको दिन शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *