पछिल्लो २४ घण्टामा नेपालमा थप १६६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५६७ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १६२ जना पुरुष र ४ महिलामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।

आज थपिएका १६६ सहित नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ।

नेपालमा हालसम्म संक्रमितमध्ये २२० जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *