अनुषा भैनात्व
भक्तपुर, ५ जेठ

नयाँ शौक्षिक सत्र शुरू हुँदैछ । आफ्ना सानासाना नानीबाबुलाई विद्यालय पठाउन अभिभावकहरू उत्सुक छन् । तर के बच्चा झोलाभरि किताब बोकेर स्कुल जाने उमेरको भएको हो ? उसको वृद्धि र विकासका खुराक हुन् ? बच्चालाई विद्यालय भर्ना गर्ने उमेर कुन हो ? सानो उमेरमा स्कुल पठाउँदा फाइदा धेरै छन् कि बेफाइदा ? यी विषयमा अधिकांश अभिभावकहरू अनभिज्ञ छन् भने जानकारी भएका अभिभावकले पनि अरुभन्दा पछाडि पर्लान् भन्ने डरले सानै उमेरदेखि स्कुल पठाउन थालेको पाइन्छ । शिक्षा मनोविज्ञानले भन्छ–६ वर्षभन्दा पहिले बालबालिकाहरू शारीरिक तथा मानसिक परिपक्वताको कमीले स्कुल जाने उमेरमा पुगेका हुँदैनन् । २ देखि ६ वर्षसम्मको अवस्था आत्मनिर्भरता प्राप्त गर्ने अवस्था हो । यस उमेरका बालबालिकाले आफ्नो वरिपरिको संसारलाई आफैँ बुझ्न चाहन्छन्, अरुको हस्तक्षेप मन पराउँदैनन् । यो उमेर तीव्र रुपमा वृद्वि र विकास यस उमेरमा भइरहेको हुन्छ । यस बेला बालबालिकाले खेल र अनुकरणको माध्यमबाट वयस्क जीवनको तयारी गरिरहेका हुन्छन् । यस्ता बालबालिकालाई पोषण र असल व्यबहार आवश्यक हुन्छ ।
मनोवैज्ञानिकले बालबालिकालाई सानै उमेरमा स्कुल भर्ना गरिदिनु भनेको उनीहरूको कलिलो दिमागमा धारिलो हतियार प्रहार गर्नु जस्तै भएको बताउँछन् । हाम्रो सन्दर्भमा भने ६ बर्ष पुग्ने बेलासम्ममा बालबालिकाले दश ओटाभन्दा बदी किताब पढिसकेको हुनुपर्ने अवस्था छ । सानै उमेरदेखि विद्यलयको कक्षाकोठामा शिक्षकको निर्र्देशनअनुसार क्रियाकलाप गर्नुपर्ने अवस्था छ । बालबालिकाहरु आफूलाई मन लागेको कुरा बोल्न नपाउने, र स्वतन्त्र भएर खेल्न नपाउने अवस्था छ ।सन् १९७० मा स्ट्रयान्डफर्ड विश्वविद्यालयमा यससम्बन्धी एउटा अध्ययन सम्पन्न गरिएको थियो । ५ वर्षदेखि स्कुल सुरु गरेको ५३ हजार परिवारमा ११ वर्ष फलोअप गरेर सम्पन भएको यस अध्ययनले ढिला पढाइ सुरु गर्ने बाल बालिकामा सिकाइ क्षमता बढी भएको निष्कर्ष निकालेको थियो । ढिलो पढाइ शुरु गर्नेले पनि पछि गएर क्याचअप गर्ने र ११ वर्षको उमेरमा पुग्दा चाँडै पढाइ शुरु गर्ने र ढिला पढाइ शुरु गर्ने बालबालिकाको उपलब्धि समान हुने उनी बताउँछन् ५ वर्ष वा त्यसभन्दा पहिले नै पढाइ शुरु गरोको बालबालिकामा बढी चुलबुले बानी र लामो समयसम्म स्थिर भएर बस्न नसक्ने स्वभाव पाइयो भने र ६ वर्ष देखि पढाइ सुरु गरेका बालबालिकामा अझ थप ध्यान दिएर वस्न कम चुलबुले र धैर्य गर्न सक्ने स्वभाव भएको पाइयो’ डा. शाक्यको भनाइ छ ।
बालबालिकालाई सानै उमेरदेखि स्कुल भर्न गर्दा उसमा दीघकालीन असर पर्छ । कलिलो उमेरमा पाएको सुरुवाती वातावरण्ले उसमा जीवनभरि असर पर्छ ।बालकको उमेर भनेको नडराउने,गरेर सिक्ने र आपना समस्याको समस्यको समाधन आफेँ खोज्ने जिज्ञासु अवस्थ हो । उसका क्रियकलापमा हस्तक्षेपनगर्ने हो भने उसमा सृजनशीलताको विकास हुँदै जान्छ । उनीहरुले सोचेजस्तो भएन भने उनीहरुले निस्क्रय बन्दै जान्छन् । सहज वातावरण् बनाइदिनुपर्छ खोजी आफेँले गर्छन् र उनीहरु सक्रिय बन्न सक्छन् ।’ सानो उमेरमा स्कुल पठाएर मात्र सबै कुरा सिक्ने हाइन, घर परिवारमा बस्दा नै गरेर सिक्ने बानीको विकास हुन्छ । घरमा बोल्न डराउँदैनन् र धेरै सिक्छन् भन्ने पन्तको विचार छ । ‘ज्ञान प्रप्त गनै आधार भनेको ज्ञानेन्द्रियहरुले हो, ‘उनी भन्छन्, ‘व्यतिmको इन्द्रिय जति सक्रिय हुन पाए , त्यति छिटो ज्ञान आर्जन हुन्छ । त्यसैले आफेँ गर्दै सिक्दै गर्ने कुरा हो । शिक्ष क्षेत्रका विज्ञहरुका अनुसार सानो उमेरका बालबालिकालाई स्कुल पठाउन हतार गर्नुभन्दा घरैमा सहजवातावरणमा हुर्कने मौका दिनु राम्रो हो कति वर्षदेखि विद्यालय भर्ना गर्ने र सुरुआती अवस्थामा बालबालिकालाई कसरी शिक्षा दिने भन्ने बारे नीीनिर्माता र सरोकावालाहरुको ध्यान जानु आवश्यक छ ।