कालीमाटीका २३१ प्रहरीकै कोरोना नेगेटिभ, सबै ड्युटीमा फर्किए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, १८ जेठ

कालीमाटीका २३१ प्रहरीकै कोरोना नेगेटिभ, सबै ड्युटीमा फर्किए

महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रमा कार्यरत २३१ जना प्रहरीको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ ।

वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त, महानगरीय ट्राफिक प्रभाग कालीमाटी र संक्रमितको सम्पर्कमा आएका २३१ प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले २३१ जनाकै रिपोर्ट नेगेटिभ आएको बताए ।

दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त सिल गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएपछि वृत्तमाथि लगाइएको सिल हटेको र सबै प्रहरी पूर्ववतः ड्युटीमा परिचालन गरिएको एसएसपी ज्ञवालीले बताए ।

यसअघि संक्रमितको सम्पर्कमा आएका सबै प्रहरी कार्यालयमै क्वारेन्टाइनमा राखिएको थियो ।  कोरोना संक्रमण भएका दुवै प्रहरी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । एसएसपी ज्ञवालीका अनुसार उनीहरुको सशस्त्र प्रहरीको बलम्बुस्थित कोभिड–१९ अस्पतालमा उनीहरुको अन्य रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *