काठमाडौं उपत्यकामा थपिए १८८८ कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १४ कात्तिक

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १ हजार ५ सय ८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१७ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल देशभर कुल संक्रमितमध्ये ३८ हजार ३ सय ५७ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ।

हाल क्वारेन्टाइनमा २ हजार ६ सय ६६ रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *