थप ३ संक्रमितको मृत्यु, मृतकको संख्या १७९८ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ७ मंसिर

नेपालमा मंगलबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ७ जना संक्रमितको मृत्यु भएको थियो।

मंगलबार एकैदिन ७२२ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ७ सय २९ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ७ हजार जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ८४ हजार १ सय ८१ पुगेको छ। हाल ४ सय १३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *