सृजनानगरमा व्यायमशाला र व्याडमिन्टन खेल मैदानको उद्घाटन सम्पन्न

खेलकूद विशेष समाचार समाचार स्वास्थ्य

भक्तपुर, ५ पुष

भक्तपुर वडा नंं १ सृजनानगरमा व्यायमशाला र व्याडमिन्टन खेल मैदानको उद्घाटन शनिबार सम्पन्न भयो ।कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले व्यायमशालाको पूर्ण सदुपयोग होस् भन्ने कामना गर्दै आर्थिक अनुशासन र पारदर्शिताले जनताको विश्वास र सहयोग प्राप्त हुने बताए ।
उनले न्यातापोल जिर्णोदारमा जनताबाट पनि सहयोग मागेको बताउँदै जनताको सहयोगबाटै नगरपालिका अगाडि बढेको स्पष्ट पारे ।अतिथि प्रजापतिले घरदैलो नर्सिङ सेवा दिने भनपा पहिलो स्थानीय तह भएको बताउँदै सन्तुलित विकासलाई ध्यानमा राखी सृजनागरमा स्वास्थ्य चौकी स्थापना गर्न लागेको बताए।“नगरपालिका सामुहिक हितलाई प्राथमिकता दिएर विकास निर्माण कार्यलाई अगाडि बढाइरहेको बताउँदै १०८ रोपानी जग्गालाई संरक्षण गर्ने हिसाबले पर्खाल लगाएको हो”, उनले भने।

अतिथि प्रजापतिले भक्तपुरका विकासविरोधीहरुले १०८ रोपनी जग्गाबारे भ्रम सिर्जना गर्ने काम गरिरहेको बताउँदै ख्वप विश्वविद्यालयको लागि सो जग्गा माग गरिरहेको बताए । नपाले पर्यटक लक्षित गरी स्तरीय शौचालय निर्माण गरिरहेको बताउँदै सरसफाई अरुको निम्ति नभई आफ्नै निम्ति गर्नुपर्ने र नक्सा पास गरी मौलिक शैलीमा घर निर्माण गर्न अतिथि प्रजापतिले अनुरोध गरे।भक्तपुर नपा वडा नं। १ अध्यक्ष युवा तथा खेलकुद समिति संयोजक श्यामकृष्ण खत्रीले घरदैलो नर्सिङ सेवाबाट तथ्याङ्क संकलनमा नसर्ने रोग जोखिम बढेकोले शारिरिक व्यायमशाला जडान सबै वडामा स्थापना गरी नगरबासीलाई स्वस्थ बनाउने नपाको उदेश्य रहेको बताउँदै महिलाहरुलाई आत्मनिर्भरताको तालिम पनि जोड दिइरहेको बताए ।नपली सृजना सेवा समाजका अध्यक्ष राममणी पोख्रेलले टिप्पर आतंकले स्थानीयलाई समस्या भइरहेको बताउँदै सृजनानगर क्षेत्रलाई सुन्दर बनाउन नपाको भूमिका रहेको बताए ।आयोजक समितिका सचिव कृष्णप्रसाद दाहालले समाजको आर्थिक प्रतिवेदन प्रस्तु गरेको थियो ।
कार्यक्रममा नपली सृजनानगर टोल सुधार समितिका सदस्य बिकुलाल बसु, वडा सदस्य सुर्यप्रसाद श्रेष्ठलगायतले पनि बोलेको थियो । प्रमुख अतिथि प्रजापतिले व्याडमिन्टन कोर्टको सामग्री हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *