सङ्क्रमित व्यक्ति सरकारी कर्मचारी, आवाससँगै चार कार्यालय सिल

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

डडेलधुरा, ११ जेठ

सङ्क्रमित व्यक्ति सरकारी कर्मचारी, आवाससँगै चार कार्यालय सिल

डडेलधुरामा कोरोना पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ । शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएका उनी डडेलधुरा सदरमुकामकै कार्यालयमा कार्यरत रहेको खुलेको हो ।डडेलधुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका ती व्यक्तिको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । परीक्षणपछि उनी स्क्रब टाइफसको औषधि लिएर अस्पतालबाट फर्किएका थिए तर पछि उनको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

सङ्क्रमितसँग सम्पर्क आएका कर्मचारी, सञ्चारकर्मी, होटल सञ्चालक तथा डडेलधुरा अस्पतालमा कार्यरत स्वाथ्यकर्मी र कर्मचारी गरी १५० जनाको स्वाब परीक्षण गरिएको छ । बीस जनाको आरडीटी गरिएको र चिकित्सकसहित सातजना अन्य आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए ।

जिल्लामा भारतबाट फर्किएका नागरिकलाई सबै स्थानीय तहले क्‍वारेन्टाइनमा राखिरहेको प्रमुख जिल्ला अधिकारी जगन्‍नाथ पन्तले जानकारी दिए । डडेलधुरामा बिहीबार २८८ जनालाई क्‍वारेन्टाइनबाट घर पठाइएको छ । शनिबार ६२६ जिल्लाका सात स्थानीय तहको क्‍वारेन्टाइनमा रहेको प्रजिअ पन्तले बताए ।

प्रतिकात्मक तस्बिर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *