न्यूज अपडेट संवाददाता

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो चौबिस घण्टामा थप दुई जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ३६० पीसीआर र १ हजार ५२८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार ३३५ संक्रमित भेटिएका थिए।
गत २४ घण्टामा ९५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ४८९ पुगेको छ।