कोभिड अवधिभर ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ लागू गर्ने मन्त्रालयको निर्णय

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ४ जेठ

सरकारले कोभिड अवधिभरका लागि एक चिकित्सक एक स्वास्थ्य संस्था लागू गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अवधिमा एक चिकित्सकले एउटा संस्थामा मात्र काम गर्न पाउने निर्णय गरेको हो।

मन्त्रालयमा मंगलबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस)को बैठकले कोभिड–१९ अवधिभर ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ लागू गर्ने निर्णय गरेको हो।

मन्त्रालयले लामो समयदेखि एक चिकित्सक एक स्वास्थ्य संस्थाको नीति लागू गर्ने बताउँदै आइरहेको छ। तर हालसम्म पनि कार्यान्वयनमा भने आउन सकेको छैन। कोभिडको समयमा गरिएको निर्णय भने कार्यान्वयनमा आउने विश्वास मन्त्रालयले लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *