उत्साहित जनश्रमदानसँगै च्याम्हासिंह प्रवेशद्वारको छाना छाउने काम सम्पन्न

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, ६ जेठ

तस्वीरः प्रेम प्रजापति

भक्तपुर नगरपालिकाको पूर्वी नाका वडा नं. ९ मा पुनर्निर्माण गरिएको च्याम्हासिंह प्रवेशद्वारको छाना छाउने कार्य मंगलबार सम्पन्न भएको छ ।
विसं. २०७२ को महाभूकम्पबाट भत्केको उक्त प्रवेशद्वार पुनर्निर्माण गर्न २०७३ सालमा च्याम्हासिंह प्रवेशद्वार पुनर्निर्माण उपभोक्ता समितिको गठन भएको थियो । तर महाभूकम्पबाट भत्केका भित्री घरहरुको पुनर्निर्माण नसकी सो प्रवेशद्वारको निर्माण गर्दा धेरैलाई अप्ठ्यारो पर्ने भएकाले पुनर्निर्माण कार्य ढिला शुुरु भएको थियो ।

तस्वीरः प्रेम प्रजापति

छाना छाउने कार्यमा टोलबासीहरु्रको उत्साहित जनश्रमदान जुटेको उक्त पुनर्निर्माण कार्यको लागत इष्टमेट रु.३९ लाख रहेको उपभोक्ता समितिका अध्यक्ष गंगाराम ज्याख्वले जानकारी दिए । पुरातत्वका अनुसार ढलानको प्रयोग नगरी भित्री चार चार वटा काठे पिलर, तान र चौकाको प्रयोग गरिएको उक्त प्रवेशद्वार पहिलेको भन्दा धेरै हदसम्म बलियो हुने अनुगमनकर्ताहरुको भनाइ छ ।
लकडाउनको समयमा छाना छाउने कार्य हुँदा केही असहज अनुभव गरिएपनि उक्त कार्य पूरा गररै छाडेको कामदारहरु बताउँछन् । काठ, दाचिअपा, बुट्टेदार काठ तथा झिंगटी इँटाको प्रयोग गरी परम्परागत शैलीबाटै पुनर्निर्माण गरिएको अध्यक्ष ज्याख्वले बताए । आजै झण्डातोलन र लड्डु गुडाउने कार्यक्रम पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *