नेमकिपाको चुनावी सभा आज दतात्रयमा, भोलि टौमढीमा

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ३० कार्तिक


नेपाल मजदुर किसान पार्टीको आयोजनामा देशको विभिन्न क्षेत्रमा चुनावी सभा गर्ने क्रममा आज दतात्रय स्क्वायरमा कार्यक्रम गर्ने भएको छ ।
मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा जनताको चेतनास्तर उकास्न र पार्टी तथा पार्टीले उठाएका उम्मेदवारहरुलाई जिताउन उक्त पार्टीको चुनव चिन्ह मादल लिएर आएको पार्टी स्रोतले बताएको छ । उक्त पार्टीले यो निर्वाचनलाई देशभक्त र देशघाटीबीचको लडाइँको रुपमा हेर्ने जानकारी दिएको छ । एमसीसी, एसपीपी, नागरिकता विधेयक लगायतका देशघाटी कदमको विरुद्ध उठेको उक्त पार्टीले देशव्यापी ५८ जिल्लामा यसै विषयलाई घोषणापत्रमा उल्लेख गरी उम्मेदवारी दिएको छ ।

स्थानीय निर्वाचनमा भक्तपुर नगरमा अन्य पार्टीलाई क्लिन स्वीप गरेको उक्त पार्टीले यस पटक पनि अन्य पार्टीलाई कुनै स्थान नदिने बताइएको छ । बैचारिक र सैद्धान्तिक विचलनका बीच भएका गठबन्धनले भक्तपुरलाई हलाउन नसक्ने बताइएका उक्त पार्टीले यसपटक देशब्यापी रुपमा भएका पार्टीका क्रियाकलापले समानुपातिकतर्फको मत उल्लेख्य रुपमा वृद्धि हुने जानकारी दिएको छ । निर्वाचन आयोगको आचारसंहितामा कुनै खालको समस्या नल्याइएका उक्त पार्टीले शासक दलका पार्टीबाटै आचारसंहिता विपरितका क्रियाकलाप प्रष्ट्याइएका छन् ।

सोही क्रममा भक्तपुर जिल्ला स्तरीय चुनावी सभा स्थानीय टौमढीमा हुने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *