कोरोना अपडेट : अमेरिकामा ७५ हजारको मृत्यु, के छ सार्क राष्ट्रहरुको अवस्था?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

अमेरिकामा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ।

नेपाली समय अनुसार शुक्रबार बिहान ९ बजे सम्मको तथ्यांक अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या ७५ हजार ६ सय ६२ पुगेको छ। बिहीबार अमेरिकामा २ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

युकेमा ३० हजार ६ सय ८९ जनाको मृत्यु भएको छ। त्यस्तै इटालीमा २९ हजार ९ सय ५८, स्पेनमा २६ हजार ७०, फ्रान्समा २५ हजार ९ सय ९० जनाको मृत्यु भएको छ।

जोन्स हपिकन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभरमा २ लाख ६९ हजार ५ सय ६७ जनाको मृत्यु भएको छ।

२४ घण्टामा संसारभर ९५ हजार भन्दा बढी संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३८ लाख ४५ हजार ७ सय १८ पुगेको छ।

अमेरिकामा १२ लाख ५७ हजार २३, स्पेनमा २ लाख २१ हजार ४ सय ४७, इटालीमा २ लाख १५ हजार ८ सय ५८, युकेमा २ लाख ७ हजार ९ सय ७७, रसियामा १ लाख ७७ हजार १ सय ६०, फ्रान्समा  १ लाख ७४ हजार ९ सय १८ जना संक्रमित भएका छन्।

विश्वभर १२ लाख ८४ हजार ७ सय ४१ जना मानिस निको  भएर घर फर्किसकेका छन्।

अमेरिकामा १ लाख ९५ हजार ३६, जर्मनीमा १ लाख ४१ हजार ७ सय, स्पेनमा १ लाख २८ हजार ५ सय ११, इटालीमा ९६ हजार २ सय ७६ जना निको भएर घर फर्किसकेका छन्।

सार्क देशको अवस्था 
भारतमा एकैदिनमा ३ हजार ३ सयभन्दा बढी संक्रमित भएका छन् भने १ सय ४ जना को मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या ५६ हजार ३ सय ५१ पुगेको छ। १ हजार ८ सय ८९ जनाको मृत्यु भएकोे छ। भारतमा १६ हजार ७ सय ७६ जना उपचार पछि निको भएका छन्।

पाकिस्तानमा बिहीबार १ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ४१ जनाको मृत्यु भएको छ। योसँगै  पाकिस्तानमा संक्रमितको संख्या २४ हजार ६ सय ४४ पुगेको छ। ५ सय ८५ जनाको मृत्यु भएको छ। ६ हजार ४ सय ६४ जना निको भइसकेका छन्।

बंगलादेशमा एक दिनमा ७ सय ६ जना नयाँ संक्रमित थपिनुका साथै १३ जनाको मृत्यु भएको छ। योसँगै बंगलादेशमा संक्रमितको संख्या १२ हजार ४ सय २५ पुगेको छ। १ सय ९९ जनाको मृत्यु भएको छ। १ हजार ९ सय १० जना निको भएर घर फर्किसकेका छन्।

अफ्गानिस्तानमा बिहीबार १ सय ७१ जना नयाँ संक्रमित थपिनुका साथै २ जनाको मृत्यु भएको छ। योसँगै अफ्गानिस्तानमा संक्रमितको संख्या ३ हजार ५ सय ६३ पुगेको छ। १ सय ६ जनाको मृत्यु भएकोे छ। ४ सय ६८ जना निको भएर घर फर्किसकेका छन्।

श्रीलंकामा बिहीबार २६ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ८ सय २३ पुगेको छ। ९ जनाको मृत्यु भएको छ। २ सय ३२ जना निको भएर घर फर्किसकेका छन्।

माल्दिभ्समा बिहीबार ३१ जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ। योसँगै माल्दिभ्समा संक्रमितको संख्या ६ सय ४८पुगेको छ। ३ जनाको मृत्यु भएको छ। २० जना निको भएर घर फर्किसकेका छन्।

नेपालमा बिहीबार २ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १ सय १ पुगेको छ। २२ जना निको भएर घर फर्किसकेका छन्।

भुटानमा ७ जना संक्रमित मध्ये ५ जना निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *