कपिलवस्तुका २ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या १०१ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका २ जनामा कोरोना संक्रमण देखिएको हो।

बिहीबार गरिएको प्रयोगशाला परीक्षणका क्रममा कपिलवस्तु – ८ निवासी १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरसक पोजेटिभ देखिएको हो। मन्त्रालयका अनुसार उनीहरुको अवस्था सामान्य छ। उनीहरु दुवैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

बिहीबार थपिएका २ जनासहित नेपालमा संक्रमितको संख्या १०१ पुगेको छ। यी मध्ये २२ जना निको भएका छन्। तर निको भएकामध्ये ३ जनामा पुन:संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *