न्यून गुणस्तर तथा दूषित खाद्यवस्तु बिक्री आरोपमा ७६ कम्पनीविरुद्ध मुद्दा दर्ता

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १७ चैतsharethis sharing button

न्यून गुणस्तर तथा दूषित खाद्यवस्तु बिक्री आरोपमा ७६ कम्पनीविरुद्ध मुद्दा दर्ता

न्यून गुणस्तर तथा दूषित खाद्य पदार्थ बिक्री वितरण गरेको आरोपमा ७६ उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता भएको छ । बजार अनुगमनका क्रममा संकलित नमुना तथा उपभोक्ताको उजुरीका आधारमा चालु आर्थिक वर्षको आठ महिनामा ती उद्योगहरुविरुद्ध मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

दायर गरिएका मुद्दा मध्ये सबैभन्दा धेरै प्रशोधित पिउने पानीको ११, तयारी चाउचाउको ७, मसलाको ६ र घ्युको ५ वटा रहेको विभागका प्रवक्ता मोहन कृषि मर्हजनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै खाने तेलमा पाँच, बेकरी, दाना, सस्, मह, दालमोठ भुजिया र बिस्कुट चार–चार वटा उद्योग विरुद्ध पनि मुद्दा दर्ता गरिएको प्रवक्ता मर्हजनले बताए ।

यस्तै मिठाइ, दही, चामल, बियर, गेडागुडी, खुर्सानीको धूलो जस्ता विभिन्न खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण उद्योगविरुद्ध पनि मुद्धा दर्ता भएको विभागले जनाएको छ ।

विभागले दायर गरेका मुद्दाहरुमध्ये ३५ थान मुद्दाहरु न्यून गुणस्तरका, २३ थान मुद्दाहरु लेवल लगायतका विवरण नमिलेको र १२ वटा मुद्दाहरु दूषित पदार्थको र बाँकी ६ वटा मुद्दाहरु खाद्य ऐन नियम निर्देशिका उल्लंघन सम्बन्धी रहेको विभागका प्रवक्ता मर्हजनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *