जहाजको शौचालयमा नवजात शिशु फेला

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, ४ पुसsharethis sharing button

एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो।

सो जहाज युएईको सारजाह विमानस्थलबाट मंगलबार बिहान ९ बजेर १० मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो। “जहाजको शौचालयमा शिशु भेटिएको थियो, वैदेशिक रोजगारीबाट फर्किएकी एक महिलाको शिशु भएको आशङ्कामा ती महिला र शिशुलाई प्रहरीले अस्पताल लगेको छ”, प्रवक्ता झाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *