संसदमा कोरोना परीक्षण : २०३ सांसदसहित ४३३ को स्वाब संकलन

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

बिहीबार २०३ जना सांसदसहित ४३३ जनाको कोरोना परीक्षण गरिएको छ ।

संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि सुरु भएको परीक्षणमा प्रतिनिधि सभातर्फका १७० जना र राष्ट्रिय सभातर्फका ३३ जना सांसद सहभागी भए ।

प्रतिनिधि सभामा २७५ जना छन् । राष्ट्रिय सभामा हाल ५८ जना छन् । बिहीबार स्वाब संकलनमा छुटेका सांसदको भोलि बिहान साढे ८ बजेदेखि परीक्षण गरिने संसद सचिवालयले जनाएको छ ।

संकलित स्वाब परीक्षणका लागि टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । रिपोर्ट शुक्रबार दिउँसोसम्म आउने जनाइएको छ ।

रिपाेर्ट आएपछि मात्रै सांसदहरू बैठक कक्षमा प्रवेश गनर् पाउनेछन् ।

भोलिबाट संघीय संसदको वर्षे अधिवेशन सुरु हुँदैछ । दिउँसो ४ बजेलाई बैठक बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *