भरतपुरको मालपोत कार्यालयमा विचौलीया हटे, सास्ती हटेन

अर्थ/वाणिज्य समाचार

चितवन १५ बैशाख


सेवाग्राहीको सेवा सुविधा र सहजताको लागि मालपोत कार्यालय भरतपुरले विचौलियालाई कार्यालय भित्र छिर्न रोक लगाएपनि सेवाग्राहीले सास्ती पाउने गरेको गुनासो गरेका छन ।
सबै प्रक्रिया पुगेर कार्यालयमा कागजात पेश गर्दा पनि काम सम्पन्न गर्न हप्तौ लाग्ने गरेको सेवाग्राहीको गुनासो छ । विचौलियाका कारण सेवाग्राहीले सहजरुपमा सेवा नपाएको गुनासो बढेपछि कार्यालयले बिचौलियालाई कार्यालयभित्र छिर्न रोक लगाएको थियो । तर हालसम्मपनि सेवाग्राहीले पाउने सुविधामा कुनै सुधार आएको छैन । जसका कारण सेवाग्राही घन्टौं कुर्न र दिनहंँु धाउन बाध्य भएका छन् ।
कर्मचारी अभावको कारण देखाउदै कार्यालयले एकैदिनमा हुने काम हप्तौ लगाउने गरेको सेवाग्राहीको गुनासो छ । नारायणगढ , बेलचोकका सेवाग्राही राजन रेग्माी आफ्नो साढे ३ धुरमा बनेको घर बिक्री गर्न आउंँदा लगत कट्टा गर्न समय लाग्ने भन्दै कर्मचारीले पटक पटक दुःख दिने गरेको बताउंँछन ।‘ ‘झण्डै एकहप्ता भयो, मुद्धा फांँटमा आएर फाइल अड्केको उनले भने, आजपनि के भनेर फर्काउने हो थाहा छैन ।’ कार्यालयका सबै फांँटको हविगत उस्तै छ ,मोठ भिडाउने, रजिष्ट्रेन फाँट, तामेली फांँट लगायत सबै ठाउंँमा सेवाग्राहीले सहजरुपमा सेवा पाउने गरेका छैनन । भरतपुर पटिहानीका श्रीकृष्ण आचार्य छोराहरुलाई अंश बडा गर्न आएपनि एकैदिनमा हुने काम , विभिन्न झण्झट देखाएर अर्कोदिन आउनु भनेर फर्काउने गरेको बताउंँछन । ‘कहिले वडामा जानुस, कहिले नापीमा जानुस भनेर दुख दिन्छन’ उनले भने ।कहिल्यै नक्सा, कहिले सिफारीश, कहिले कित्ता काटको बहानामा दिनहु फर्किनु परेको उनको गुनासो छ । सबै कागजपत्र तयार हुंँदापनि ५ दिनसम्म उनी धाउंँदैमा समय गएको उनले बताए ।
कहिले लगत कट्टा, कहिले सिफारीश, कहिले मुचुल्का गर्न बांँकी भन्दै कर्मचारीले दुःख दिएको भरतपुर ११ बसेनीका श्याम भण्डारीको गुनासो छ । ‘मेरो जग्गा सट्टपट्टा गर्नुपर्ने काम आज १६ दिन भइसक्यो , काम सकिएको छैन , उनले भने । जग्गा पास, धितो, तथा आवश्यक जानकारी समेत लिन ठाउंँ नभएकोे आफू अन्यौलमा समेत परेको उनी बताउंँछन । ’मेरो जागिर भारतमा छ, जागिर फर्कनु पर्ने अहिलेसम्म जान पाएको छैन । ‘कर्मचारीले कहिले वडा जा भन्छन , कहिले अर्को फांँटमा जा भन्छन , हामीलाई धेरै दःुख पायौं’ उनले भने । तर कार्यालयमा विचौलियाको बाहिरनै मिलेमतो मा घुस खाएर काम भइरहेको कतिपय सेवाग्राही को आरोप छ । तर कार्यालयका प्रमुख कार्यालयमा विचौलीयमा रोक लगाएपछि सर्बसाधारणको काम सहज भएको दाबी गर्छन । ‘हाम्रो मुख्य समस्या भनेको कर्मचारी समस्या हो, अहिलेपनि १४ जना कर्मचारी सरुवा हुनुभएको छ, कोही रिटायर्ड छन ।’ उनका अनुसार अहिले देशभर कर्मचारी समायोजन नभएका कारण तोकिएको समयमा काम हुन नसकेको हो । तर त्यहांँका कर्मचारी भने कामको चाप र कर्मचारी अभावका कारण आफूहरु विदाको दिनमा समेत आएर काम गरेको बताउंँछन । ‘शनिबारपनि आएर काम गरेको कसैले देख्दैनन, के गर्नु ३ जना हुनुपर्ने फांँटमा १ जनाले काम भ्याउनु परेको छ,’ एक कर्मचारीले भने । कार्यलयका प्रमुखका अनुसार कार्यालयमा जग्गा पास, अंश बण्डाका काम भन्दा पनि जग्गा धितो राख्ने काम बढी आउने गरेको छ । ‘जग्गा पासको काम निकै कम छ, अहिले ७० प्रतिशत धितोको छ, अरु जग्गा पास को छ‘ उनले भने । कर्मचारी अभाव हट्ने वित्तिकै यो समस्या बिस्तारै हट्ने उनले बताए । २ बर्ष अघिसम्म जिल्लाको सबै क्षेत्रको जग्गाको रजिस्ट्रेशन पास गर्दै आएको यो कार्यालयले हाल भरतपुर महानगरपालिका, रत्ननगरपालिका, कालिका र इच्छाकामना गाउंँपालिकाका क्षेत्रहरु हेर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *