रेडियो नेपालका कार्यकारी निर्देशकले दिए राजीनामा

विशेष समाचार समाचार

न्यूज अपडेट

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।

कार्कीले सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई मंगलबार राजीनामा पेश गरेको जानकारी दिए ।

२०६९ मंसिर १९ गतेदेखि पहिलो कार्यकालको चार वर्ष पूरा गरेका कार्की पुनः २०७३ माघ ६ गतेदेखि अर्को कार्यकालका लागि पनि नियुक्त भएका थिए । तर कार्यकाल पूरा हुनुभन्दा सात महिना अगाडि नै कार्कीले राजीनामा दिएका छन् ।

उनले आफ्नो राजीनामा पत्रमा स्वेच्छाले पदबाट राजीनामा दिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *