न्यूज अपडेट
वीरगञ्ज, ११ असार

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७७/०७८ मा कुल ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार ३ सय ३५ रुपैंयाको बजेट सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरेको बजेटमा चालूतर्फ १ अर्व ६२ करोड ६९ लाख १८ हजार अर्थात ४२.०९ प्रतिशत, पुँजीगततर्फ २ अर्व १७ करोड ४६ लाख ७२ हजार अर्थात ५६.२६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ६ करोड ३६ लाख अर्थात १.६५ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।
कूल खर्च मध्ये क्षेत्रगत रुपमा पूर्वाधार विकास क्षेत्रलाई बढी बजेट विनियोजन भएको छ । पूर्वाधार विकास क्षेत्रमा १ अर्व ७७ करोड ६ लाख १२ हजार अर्थात ४५.८१ प्रतिशत, सामाजिक विकास क्षेत्रमा ८७ करोड ७७ लाख ३६ हजार अर्थात २२.७१ प्रतिशत, आर्थिक विकास क्षेत्रमा २५ करोड ९५ लाख २५ हजार अर्थात ६.७१ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धि क्षेत्र (वन, वातावरण तथा विपद् समेत) तर्फ २३ करोड ७५ लाख १६ हजार अर्थात ६.१५ प्रतिशत र कार्यालय तर्फ ७१ करोड ९८ लाख ०१ हजार अर्थात १८.६२ प्रतिशत विनियोजन गरेको छ ।
वीरगञ्ज महानगरपालिकाले आगामी वर्ष संचालन हुने मुख्य आयोजनाहरुमा च्ग्म्ए तथा क्त्क्ष्ग्भ्क्ष्ए १ अर्व ४ करोड ४७ लाख ५७ हजार, वडा स्तरीय योजना २४ करोड ७० लाख, समपूरक कोष १६ करोड ७७ लाख २५ हजार, लक्षित कार्यक्रम २ करोड ३४ लाख, तराई मधेश समृद्धि कार्यक्रममा ३० लाख, सडक बोर्ड कार्यक्रममा १ करोड, रोजगार कार्यक्रम ४० लाख, बहुक्षेत्रीय पोषण कार्यक्रम तर्फ २० लाख, सामाजिक सुरक्षा भत्तातर्फ ४५ करोड विनियोजन गरिएको छ ।
त्यस्तै वडा भवन निर्माणतर्फं ३ करोड, उज्यालो वीरगंज कार्यक्रम तर्फ १२ करोड ८१ लाख, शैक्षिक विकास तर्फ ६२ करोड ६४ लाख, स्वास्थ्य तर्फ १४ करोड ६८ लाख ८० हजार, कृषि विकास तर्फ ८३ लाख, पशु सेवा विकास ४३ लाख र जनसहभागितामा आधारित कार्यक्रम तर्फ ३ करोडको बजेट व्यवस्था मिलाएको महानगरले सार्वजनिक गरेको बजेट वत्तव्यमा उल्लेख गरेको छ ।
बजेटमा समावेश हुन नसकेका महत्वपूर्ण आयोजनाहरु प्राेजेक्ट बैंकमा राखि श्रोतको उपलब्धता भएपछि क्रमशः कार्यान्वयन हुने गरी व्यावस्था गरिएको पनि जनाएको छ । महानगरपालिकाले चालू आर्थिक बर्षको बजेट समिक्षामा आन्तरिक आय तर्फ रु. ४८ करोड ६६ लाख अनुमान गरिएकोमा ११ महिनाको अवधिमा २६ करोड ७० लाख १९ हजार मात्र आय भई ५४.८७ प्रतिशत प्रगति गरेको देखिएको छ ।
महानरगका करदातालाई भारी छुट
महानगरपालिकाले कोरोना महामारीको प्रभावलाई दृष्टिगत गरी कर नीतिहरु लिएको छ । (कोभिड–१९) कोरोना भाइरस महामारीका कारण व्यापार व्यवसाय समेतमा प्रतिकुल असर परी व्यापारी, उद्योगी, व्यवसायीहरुमा ठूलो आर्थिक क्षति भएकोले यसलाई ध्यानमा राख्दै विद्यालय, अस्पताल, सपिङमल, उद्योग र कलकारखानाको चालू आ.व.को सम्पत्ति करमा ५०% सम्म छुट दिने,
सम्पत्ति कर र मालपोत (भूमिकर) मा चालु आ.व.मा पुस मसान्तभित्र कर बुझाउने करदाताहरुलाई दिदैं आएको छुटको व्यवस्थालाई आगामी आ.व. २०७७÷०७८ को पुस मसान्तभित्र कर बुझाउने करदाताहरुलाई १०% छुटको व्यवस्था गरेको छ । बाँकी बक्यौतामा लिईदैं आएको वार्षिक १५% जरिवाना घटाएर १०% मात्र जरिवाना लिने निति लिइएकोमा यस आर्थिक वर्ष भित्र कर तिर्न नसकेका करदातालाई आर्थिक वर्ष ०७७/०७८ को पुस मसान्त भित्र कर बुझाएमा जरिवानामा १५% छुट दिने नीति लिईएको छ ।
वीरगञ्ज महानगरपालिकाको राजश्व प्रशासन क्षेत्रको संस्थागत क्षमता अभिवृद्धि गर्दै लगिनेछ, करदाता सहयोगी डेस्कलाई प्रभावकारी बनाउंदै करदातामैत्री प्रशासनको विकास गरी वार्षिक कार्ययोजनाका आधारमा राजस्व असुली कार्यलाई थप प्रभावकारी बनाइने भएको छ । घर बहालकरको छुट्टै सफ्टवेयरको व्यवस्था नहुँदा व्यवस्थित अभिलेख (लगत) गर्न र यथार्थ विवरण यकिन गर्न कठिन भएकोले आर्थिक वर्ष २०७७/०७८ देखि छुटै सफ्टवेयरको ब्यवस्था गरी बहालकरको अभिलेख अद्यावधिक गर्दै लगिने, करको दायरा बढाउन घुम्ती टोलीको व्यवस्था, अनुगमन र करदाता शिक्षा कार्यक्रम संचालन गरिनेछ ।
राजश्व प्रशासनलाई पारदर्शी र जवाफदेही वनाउन कर्मचारीलाई तालिमको व्यवस्था मिलाईनेछ । महानगरभित्र बसोबास व्यवसाय गर्ने करदातालाई जागरुक र कर तिर्ने बानी बसाल्न मैले तिरेको कर मेरै टोलको विकासका लागि भन्ने भावना जागृत गर्न स्थानीय रेडियो मार्फत कर शिक्षा कार्यक्रम संचालन गरिने भएको छ । करको दायरालाई फराकिलो बनाउन, हरेक सेवाग्राहीलाई करको दायराभित्र ल्याउन सरोकार पक्षसँग सम्वाद, समन्वय गर्न तथा महानगरको आन्तरीक राजस्वलाई वृद्धि गर्न राजश्व समन्वय तथा अनुगमन समिति जिम्मेवार र जवाफदेही बनाईने जनाएको छ ।
ठाकुरराम बहुमुखी क्याम्पसलाई आधार वनाई वीरगंज विश्वविद्यालय संचालन गर्न प्रदेश र संघीय सरकार तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडी महानगरपालिकाको नीति तथा कार्यक्रम रहेको छ । वीरगञ्जमा इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न सम्बन्धित मन्त्रालय लगायत सरोकारवालासँग छलफल गरी आवश्यक प्रक्रिया अगाडि बढाईने भएको छ ।
वीरगञ्ज महानगरपालिकाको नयाँ कार्यक्रमहरु
वीरगञ्जमा पहिलो पटक एकै स्थानमा १ हजार जनाले परीक्षा दिन मिल्ने व्यावस्था गर्न सिद्धार्थ माध्यामिक विद्यालय परिसरमा एकीकृत परीक्षा केन्द्र स्थापना गर्ने ।
महिला, बालबालिका र वृद्धवृद्धाहरुलाई नेपाल प्रहरी र पर्साका स्थानीय तहको समन्वयमा एकीकृत सहायता केन्द्र स्थापना
नेपालमै पहिलो पटक स्थानीय तहको सरकारले उद्योगी व्यावसायी र नागरिकको सहयोगमा पीसीआर मेशिन खरिद
एक घर एक व्यत्तिको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने उज्यालो अभियान अन्तर्गत महानगरपालिकाको ३२ वटै वडामा २४ करोडको लागतमा ३०१ वटा स्थानमा स्टेशन निर्माण गरी स्वचालित एलइडी बत्ती जडान गरिने ।
हरित वीरगञ्ज बनाउन बृहत वृक्षरोपण गर्न ३ करोड ३० लाख
७ करोडको लागतमा अस्पतालजन्य फोहोर व्यावस्थापनका लागि स्वचालित प्लाण्ट स्थापना गरिने
कुहिने फोहोर बाट जैविक मल र वायो ग्याँस उत्पादन प्लाण्टको एकबर्ष भित्रमौ सम्पन्न गरिने ।