मंगलबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, २१ पुस

 नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ। गत २४ घण्टामा ५२२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २२५ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को इलाममा १०, धनकुटामा एकजना, मोरङमा ९, संखुवासभामा २, सुनसरीमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रदेश २ को धनुषामा एकजना, सप्तरीमा एकजना, सर्लाहीमा एकजना र सिराहामा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १७१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा एकजना, चितवनमा ३२, धादिङमा २, नुवाकोटमा ३, भक्तपुरमा ८, मकवानपुरमा ५, रसुवामा एकजना, रामेछापमा २, ललितपुरमा ५३ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४५, गोरखामा ५, तनहुँमा ३, नवलपरासी पूर्वमा ८, पर्वतमा एकजना, मनाङमा ५, म्याग्दीमा २,लमजुङमा ८, बाग्लुङमा ८  र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा एकजना, कपिलवस्तुमा ९, गुल्मीमा एकजना, दाङमा ३, नवलपरासीमा ३, पाल्पामा १२, बर्दियामा ६, बाँकेमा १३, रुकुम पूर्वमा एकजना र रुपन्देहीमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा कर्णालीको जुम्लामा एकजना र अछाममा ४ जनामा कोरोना भेटिएको छ । सुदूरपश्चिम प्रदेशको  कैलालीमा २१, डडेल्धुरामा ६, डोटीमा ५ र बेतडीमा ८ जनामा कोरोना कोरोना भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *