कोरोना अपडेट : १ लाख ९५ हजारभन्दा बढीको मृत्यु, के छ सार्क राष्ट्रको अवस्था?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, १३ बैशाख

कोरोना भाइरसको संक्रमणबाट संसारभर १ लाख ९५ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ।

नेपाली समय अनुसार शनिबार बिहान ८ बजेसम्मको तथ्यांकमा मृत्यु हुनेको संख्या १ लाख ९५ हजार ९ सय २० पुगेको छ।

संसारभर पछिल्लो २४ घण्टामा ६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ। अमेरिकामा मात्र १ हजार ९ सय भन्दाबढी मानिसको मृत्यु भएको तथ्यांक रहेको छ।  योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ५२ हजार १ सय ८५ पुगेको छ।

त्यस्तै इटालीमा २५ हजार ९ सय ६९, स्पेनमा २२ हजार ५ सय २४, फ्रान्समा २२ हजार २ सय ४५, युकेमा १९ हजार ५ सय ६ जनाको मृत्यु भएको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा २७ लाख ९० हजार ९ सय ८६ जना मानिस संक्रमित भएका छन्।

शुक्रबार संसारभर १ लाख ५ हजार भन्दा बढी मानिस संक्रमित भएको तथ्यांक छ। सबैभन्दा बढी अमेरिकामा संक्रमित भएका छन्। शुक्रबार मात्र अमेरिकामा संक्रमित हुनेको संख्या ३८ हजार भन्दा बढी रहेको छ। यो सँगै अमेरिकामा संक्रमितको संख्या ८ लाख ९० हजार ५ सय २४ पुगेको छ ।

त्यस्तै स्पेनमा २ लाख १९ हजार ७ सय ६४, इटालीमा १ लाख ९२ हजार ९ सय ९४, फ्रान्समा १ लाख ५९ हजार ४ सय ९५, जर्मनीमा  १ लाख ५४ हजार ५ सय ४५,  युकेमा  १ लाख ४४ हजार ६ सय ३५, टर्कीमा १ लाख ४ हजार ९ सय १२ जना मानिस संक्रमित भएका छन्।

विश्वभर ७ लाख ८१ हजार ३ सय ८२ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्।

जर्मनीमा निको भएर घर फर्किनेको संख्या १ लाख ६ हजार ८ सय पुगेको छ। अमेरिकामा  ९६ हजार ६ सय ७७, स्पेनमा ९२ हजार ३ सय ५५, चीनमा ७८ हजार २४, इरानमा ६६ हजार ५ सय ९९, इटालीमा ६० हजार ४ सय ९८ जना मानिस उपचार  पछि निको भएर घर फर्किसकेका छन् ।

सार्क देशको अवस्था 
भारतमा शुक्रबार १ हजार ४ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ५९ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या २४ हजार ४ सय ४७ पुगेको छ। मृतकको संख्या ७ सय ८० पुगेको छ। ५ हजार ४ सय ९६ जना मानिस उपचार पछि निको भएर घर फर्किसकेका छन्।

पाकिस्तानमा ८ सय ८३ जना नयाँ संक्रमित थपिएका छन्। शुक्रबार १८ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा  संक्रमितको संख्या ११ हजार ९ सय ४० पुगेको छ। २ सय ५३ जनाको मृत्यु भएको तथ्यांक रहेको छ। २ हजार ७ सय ५५ जना मानिस निको भएर घर फर्किसकेका छन्।

बंगालादेशमा  शुक्रबार ५ सय ३ जना नयाँ संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएकोे छ। योसँगै बंगलादेशमा संक्रमितको संख्या ४ हजार ६ सय ८९ पुगेको छ। १ सय ३१ जनाको मृत्यु भएको छ। १ सय १२ जना मानिस निको भएर घर फर्किसकेका छन्।

शुक्रबार अफ्गानिस्तानमा ७२ जना संक्रमित थपिएका छन् भने १ जनाको मृत्यु भएकोे छ। यो सँगै अफ्गानिस्तनानमा संक्रमितको संख्या १ हजार ३ सय ५१ पुगेको छ। ४३ जनाको मृत्यु भइसकेको छ। १ सय ८८ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।

श्रीलंकामा संक्रमितको संख्या ४ सय १७ पुगेको छ। ७ जनाको मृत्यु भएकोे छ। उपचारपछि निको भएर घर फर्किनेको संख्या १ सय ९ पुगेको छ। शुक्रबार ४९ जना नयाँ बिरामी थपिएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या १ सय २९ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्। शुक्रबार २१ जना नयाँ बिरामी थपिएका थिए।

नेपालमा शुक्रबार एक जना संक्रमित भेटिएका छन् यो सँगै नेपालमा संक्रमितको संख्या ४९ पुगेको छ। निको भएर घर फर्किनेको संख्या १० पुगेको छ।

भुटानमा संक्रमितको सख्या ७ पुगेको छ। ३ जना निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *