मंगलबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १३ असाेज

नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ५ सय १३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को  इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, झापामा  ९,तेह्रथुमा २, भोजपुर १, मोरङमा १०१, सुनसरीमा ३२ जनामा कोरोना छ।

प्रदेश २ को धुनषामा १०, पर्सामा २३, बारामा ४, महोत्तरीमा २, सप्तरीमा ५, सर्लाहीमा ६ र सिरहामा ८ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ७ सय ४७ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १३, चितवनमा ६२, धादिङमा ४, नुवाकोटमा ४, भक्तपुरमा ७३, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा १ सय १४, सिन्धुलीमा ३ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा २, तनहुँमा १७, नवलपरासी पूर्वमा १५, र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को कपिलवस्तुमा ११८, गुल्मीमा २, दाङमा ११, नलवपरासीमा ५, पाल्पामा ६, बर्दियामा १९, बाँकेमा ४१ ,रोल्पामा १ र रुपन्देहीमा ९५ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिममा १, सुदूरपश्चिमको कञ्चनपुरमा ८, कैलालीमा २७, डडेल्धुरामा १, डोटीमा १ र बैतडीमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये २० हजार ३ सय ९६ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार ८ सय ९१ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ५ हजार ७ सय ७८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *