शुक्रबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २४ पुस
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ। गत २४ घण्टामा ५ सय ५४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २१ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को इलाममा ५, उदयपुरमा ११, खोटाङमा २, झापामा १०, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा ३, भोजपुरमा १, मोरङमा ५३, संखुवासभामा २ र सुनसरीमा ३५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश २ को पर्सामा ३, बारामा ४, सप्तरीमा ३ र सर्लाहीमा २ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ७१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा १५, दोलखामा १, धादिङमा ३, भक्तपुरमा १३, मकवानपुरमा ३, ललितपुरमा २३ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३०, तनहुँमा १३, लमजुङमा ६, बागलुङमा ९ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, दाङमा १०, नवलपरासीमा ३, पाल्पामा ३, प्युठानमा ४, बर्दियामा ७, बाँकेमा ९, रोल्पामा १ र रुपन्देहीमा २८ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको जाजरकोटमा १, जुम्लामा १, डोल्पामा ७ र सुर्खेतमा १ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १९, कैलालीमा १५, बझाङमा ११ र बाजुरामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *