कोरोना जितेकी बागलुङकी ६५ वर्षीया महिला अस्पतालबाट डिस्चार्ज

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

धौगागिरी अञ्चल अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बाग्ल्ङकी ६५ वर्षिया महिला डिस्चार्ज भएकी छिन्। उनको अन्तिम दुई पटक  कोभिड१९ परीक्षण गर्दा नेजिटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको बताइएको छ।

धौलागिरी अस्पतालका निर्देशक डा शैलेन्द्र विके पोखरेलले दुई पटककै रिर्पोट नेजिटिभ आएकोले तीन सातापछि डिस्चार्ज गरिएको बताए।

उनले भने, ‘दुई साता होम क्वारेन्टटाइनमा बस्ने गरी नियमित सेवन गर्दै आएको दम र प्रेसरको औषधि प्रयोग गर्न भनेका छौं, केही समस्या भए फोन गर्नुहोला भनेर नम्बर पनि दिएर पठाएको छौं।’

ती महिलाभन्दा अगाडि कोरोना संक्रमण भएर भर्ना भएकी १९ वर्षिया युवतीको भने चौथो पटकको परीक्षण पोजिटिभ आएको छ। उनको पुनः केही दिन कोभिड१९ परीक्षण गरिने डा पोखरेलले बताए।

६५ वर्षिया महिला र ती युवती बेल्जियम हुँदै चैत ४ गते नेपाल आएका हुन्। कतार एयरवेजको विमानमा नेपाल आएकामध्ये संक्रमण देखिएकी अर्की युवती आजै टेकु अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *