मेडिकल सामग्री बढी मूल्यमा बेच्ने ३ पसललाई २-२ लाख जरिवाना

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

पछिल्लो समय मेडिकल सामग्री, औषधि र सर्जिकल सामग्रीमा कालोबजारी र मूल्यवृद्धि अस्वभाविक रुपमा बढेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबारमात्र मेडिकल सामग्री बढी मूल्यमा बेच्ने काठमाडौंका तीनवटा पसललाई कारबाही गरेको छ। उनीहरुलाई उपभोक्ता संरक्षण ऐनको दफा ३८ बमोजिम जनही २ लाख रुपैयाँ जरिवाना गरिएको हो।

विभागका अनुसार त्रिपुरेश्वरमा रहेको कान्तिपुर सर्जिकल्सले बिल बिजक जारी नगरेको पाइएपछि कारबाही गरिएको हो भने त्रिपुरेश्वरकै इशान इन्टरप्राइजेज प्रालिले पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पिपिई) सेट बढी मूल्यमा बेचेको पाइएपछि कारबाही गरिएको हो। त्यस्तै चावहिलको कालिका ट्रेडर्सले एन ९५ माक्स बढी मूल्यमा बेचेको भेटिएका कारण कारबाही गरिएको विभागले जनाएको छ।

औषधि अभाव, मूल्यवृद्धि र कालोबजारीका गुनासो दैनिक रुपमा बढ्न थालेपछि पछिल्लो समय विभागले बजार अनुगमन मेडिकल क्षेत्र केन्द्रित बनाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *