कोरोना संक्रमण भएका स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १३ माघ कोरोना संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत कम्प्युटर अधिकृत कृष्ण गोपाल श्रेष्ठको निधन भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका ५१ वर्षिय श्रेष्ठको वीर अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो। स्वास्थ्य मन्त्रालयले डा श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

Continue Reading