काठमाडौं उपत्यकामा २०७ संक्रमित थपिए 

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २४ पुस

पछिल्लो २४ घण्टामा काठमाडौं ९० महिला र ११७ पुरुष गरी २०७ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै उपत्यकामा एक लाख २२ हजार ९६४ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १९१, ललितपुरमा २३ र भक्तपुरमा १३ जनालाई  कोरोना संक्रमण देखिएको छ।

हालसम्म काठमाडौंमा मात्र ९८ हजार ४४७ जना संक्रमित भएका छन्, जसमध्ये ४७७ जनाको मृत्यु भएको छ। हालसम्म ९५ हजार ५६४ सय जना निको भएका छन्।

ललितपुरमा १५ हजार ५०५ जना संक्रमित भएका छन्। जसमा १५१ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १५ हजार ५३ जना निको भएका छन्।

भक्तपुरमा ९ हजार १२ संक्रमितमध्ये ११० जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ७६५ जना निको भएका छन्।

आज काठमाडौंमा २ हजार ४०६ ललितपुरमा ३०१  र भक्तपुरमा १३७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *